टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

डिसी नेपाल
१ जेठ २०८० १६:०५
484
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार साँझ पक्राउ परेका रायमाझीलाई सोमवार जिल्ला अदालत लगिएको थियो । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.