मछिन्द्रले खुमलटारलाई हरायो, हिमालयन शेर्पा र संकटाको बराबरी

डिसी नेपाल
१ जेठ २०८० १७:४२
384
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो । त्यस्तै ओलावाले अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहदा अफिजले गोल गर्दै मछिन्द्रलाई जित दिलाए । जितसंगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ ।

त्यस्तै सोमबार नै त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । म्यानुअल नानाले ५० औं मिनेटमा शेर्पालाई अग्रता दिलाएका थिए । संकटाका आयुश घलानले ७४ औं मिनेटमा संकटाका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीसंगै संकटाले १८ खेल खेल्दै २१ अंक जोडेको छ भने हिमालयन शेर्पाको २२ अंक रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.