कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छः माधव नेपाल

डिसी नेपाल
१ जेठ २०८० १८:०३
692
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिए भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरे।

उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिष्ट एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए।

विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.