कांग्रेसका पूर्वसभासद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
काठमाडौं। फरार सूचीमा रहेका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेको शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि फरार भएका थिए।
उनले अहिले साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसर्मपण गरेका हुन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको थियो।
तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका थिए। सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।







डिसी नेपाल








Facebook Comment