धरानका मेयरकाे बिरोधमा पत्रकारकाे आन्दाेलन जारी, आज पूर्वमेयरसँग अन्तर्किया गर्दै

डिसी नेपाल
२ जेठ २०८० ८:०६
628
Shares

धरान। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन्।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यक्ति अशोभनीय भएको भन्दै आन्दाेलनमा उत्रेका नेपाल पत्रकार महासंघ सुनसरीले अाज धरानका पूर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन्। साेमबार उनीहरुले मेयर साम्पाङकाे बिरोध स्वरुप मौन जुलुस निकालेका थिए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर बिरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए। उनका अनुसार मेयर राईले आफनो अभिब्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ।

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए। सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो।

धरानका मेयर साम्पाङकाे अशभोभनिय क्रियाकलाप र अभिब्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.