राप्रपाको केन्द्रिय समिति बैठक जारी

डिसी नेपाल
२ जेठ २०८० १०:१५
28
Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक जारी रहेको छ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिंदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा छलफल भएको हो ।

‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने। उनका अनुसार अध्यक्ष राजेन्द्र लिंदेनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राख्ने छन्।

अध्यक्ष लिंदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको हिजो जनाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत बिदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको विषय भएको निष्कर्ष उनको थियो।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहे पछि आफुहरुले सरकार छाड्नु पर्ने जानकारी केन्द्रिय समितिमा गराएका छन्।

उनले बैदेशिक हस्तक्षेप र दलीय भ्रष्टचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन्। मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिंदेनले जनाएका छन्।

अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मंगलबार दिनभरी छलफल हुने प्रवक्ता लावतीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.