अर्थ समितिले अर्थमन्त्रीसँग छलफल गर्ने

डिसी नेपाल
२ जेठ २०८० १२:१६
88
Shares

काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए।

त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरुसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए। समितिलाई पूणरुपमा डिजिटल प्लेटफर्ममा लैजाने बिषयमा पनि छलफल भएको शाहीले बताए।

बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने बताए। सांसद बिष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरु दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए।

त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थीत गर्नुपर्ने बताएका थिए। अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.