कांग्रेसकाे प्रतिक्रिया : आरजूकाे अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैं
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजू राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन्। सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस्, निर्दोष नफसुन्’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन्।
‘आरजू राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यसकाे सत्यतथ्य अझै बाहिर आएको छैन, यो आउनु पर्छ भनेर भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ।’
मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन्।
‘बालकृष्ण खाँणजी माथि पनि अनुसन्धान जारी रहेको छ, सो छानबिनपछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो।
सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उनको भनाइ छ। ‘महामन्त्रीहरुले पनि त्यसबारेमा कुनै फरक मत राख्नु भएको छैन, पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने।







डिसी नेपाल








Facebook Comment