योहो टेलिभिजनबाट प्रशारित सामाग्रीप्रति युवासंघको आपत्ति
काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले योहो टेलिभिजनबाट प्रशारित सामाग्रप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको छ।
सो टेलिभिजनबाट वैशाख २८ गते प्रशारित ‘शरणार्थी प्रकरणः ओली–देउवा दम्पत्तिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको सामाग्रीप्रति युवासंघका अध्यक्ष क्षितिज थेबेले आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएका थिए।
उक्त उजुरीप्रति प्रेस काउन्सिलले योहो टेलिभिनजलाई जानकारी गराएको थियो। पछि योहो टेलिजिभनले खण्डन प्रशारण गरी काउन्सिललाई जानकारी गराएको थियो।

युवासंघले वैशाख २९ गते योहो टेलिभिनजबाट प्रशारित उक्त सामाग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको युवा संघका केन्द्रीय सदस्य निरज पौडेलले जानकारी दिए।
युवासंघले विना कुनै तथ्य प्रमाणका आधारमा अध्यक्ष ओली र उनकी श्रीमतीको संलग्नता रहेको भन्दै झुटो समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको थियो।








डिसी नेपाल








Facebook Comment