सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु, सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल हुने

डिसी नेपाल
२ जेठ २०८० १५:३३
80
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सिंहदरवारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो। सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.