तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न सरकारको अनुमति

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई दबाब नदिइएको दाबी

डिसी नेपाल
२ जेठ २०८० १८:३९
32
Shares

काठमाडौं। सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृती दिएको छ। त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ।

त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने जनआन्दोलनमा घाइते भइ केहि दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ।

जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्। जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

त्यस्तै प्रवक्ता शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दापनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोडेर नहेर्न आग्रह गरिन्। उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको स्पष्ट पारिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.