नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन सकिँदैनः गृहमन्त्री श्रेष्ठ

डिसी नेपाल
३ जेठ २०८० १६:४९
380
Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरु र तलसम्म बसेकाहरुको सेटिङमा भएको संगठीत अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पारेका हुन्।

उनले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गरे। श्रेष्ठले शरणार्थी प्रकरणमा सवैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दवाव वा अवान्छीत प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिवद्ध रहेको धारणा राखे।

उनले भ्रष्टाचारको नियन्त्रण गरि सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गरे।

नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सवै भ्रष्टाचारहरुमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.