साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने
काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको च्याम्पियनसिपको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन् ।
असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ । सोहि दिन हुने अर्को खेलमा भारतले पाकिस्तानको सामना गर्ने भएको छ ।
दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।
बुधबार नै भएको समूह बिभाजनमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन्। समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।








डिसी नेपाल








Facebook Comment