खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव वाग्ले बर्खास्त

डिसी नेपाल
४ जेठ २०८० ९:४७
80
Shares

विराटनगर। खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन्।

कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खासतीमा परेका हुन्। बर्खास्त गर्नु अघि उनलाई दुई दुई पटक स्पष्टीकरण सोधिएको थियो।

कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको ? भन्दै वाग्लेलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो।

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रदेश सरकारले सोधेको प्रश्नको जवाफबाट सरकारले चित्त बुझाउन सक्ने अवस्था नभएपछि उनलाई बर्खास्त गर्नु परेकाे हाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.