युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने

डिसी नेपाल
५ जेठ २०८० ८:०३
152
Shares

काठमाडौं। युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन्। बिहीबार राति सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरेपछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो। सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुनेछ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २-१ ले हराउँदै तथा समग्रमा सेभियाले ३-२ को जित हात निकाल्न सफल भएको हो। पहिलो लेगको खेलमा यी दुई क्लब १-१ गोलको बराबरी रोकिएका थिए।

शुक्रवार रातिको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो। तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १-१ मा गोलको बराबरीमा रहन पुग्यो।

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो। र, युनाईटेडलाई २-१ ले पराजित गरेको सेभियाले समग्रमा ३-२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो।

उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो। शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो।

लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.