हरेक ‘बुक फ्री फ्राइडे’ मा बिद्यार्थीसँगै बस्न सुरु गरेकाे छु: बालेन शाह

डिसी नेपाल
६ जेठ २०८० ९:४८
176
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हरेक शुक्रबार बालबालिकासँग बस्न सुरु गरेको जनाएका छन्।

काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै मेयर शाहले ‘बुक फ्री फ्राइडे’ अभियान क्रमश सफल हुँदै गएकोसमेत जनाएका छन्।

उनले सो बारेमा सामाजिक सञ्जालमार्फत जानकारीसमेत दिएका छन।

उनले फेसबुकमा लेखेका छन्

म काठमाडौं महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भएदेखि नै शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौं। पछिल्लो समयमा हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने गरेको छु।

हिजो शुक्रबार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रम मार्फत विद्यार्थीहरू सँगै बसेर सिक्न मौका पाए। साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा पनि बुझ्नु पाइएको थियो।

शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। उक्त कार्यक्रममा प्रत्येक कक्षामा कक्षा ९ का ३० जना विद्यार्थीहरू सहभागी छन्।

उक्त अनुगमनमा विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाए। यसका साथै हामीले अडियो भिजुअल कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो छ भनेर पनि हेर्ने मौका पाएको थिए। साथै विद्यालयहरूको वर्तमान अवस्था, विद्यालयको समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा पनि जानकारी पाइयो। विद्यालयको भ्रमणको अन्त्यमा शौचालयको सरसफाइ र शौचालयको अवस्थाको समेत अवलोकन गरेको थिए।

त्यस्तै दिउँसो पद्मकन्या विद्याश्रम भ्रमण गरिएको थियो। उक्त विद्यालयमा सिपमा शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरू स्केचीङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा संलग्न भएका छन्। यस्तै ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालामा सहभागी भएका पाइयो। यस्तै उक्त विद्यालयमा हामीले नेपालकै पहिलो विद्यार्थिहरुको ट्राफिक क्लब पनि स्थापना गरेका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.