आफ्नो स्ट्राइक रेटमाथि प्रश्न उठाउनेलाई विराट कोहलीले के भने ?
काठमाडौं । बिहीबार सनराइजर्स हैदरावादविरुद्ध शतक बनाएपछि विराट कोहलीले बाहिरबाट कसैले के भनिरहेका छन् भन्ने वास्ता नगर्ने बताएका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरका स्टार ब्याट्सम्यानले आफ्नो स्ट्राइक रेटमा उठेका प्रश्नको जवाफ दिइरहेका थिए ।
कोहलीले बिहीबार सनराइजर्सविरुद्ध ६३ बलमा १०० रन बनाएका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान फाफ डुप्लेसीसँग १७२ रनको साझेदारी गरे।
खेलपछिको प्रस्तुतिमा कोहलीले सनराइजर्सविरुद्धको आफ्नो सामान्य प्रदर्शनको बारेमा भने, ‘म विगतको अंकलाई हेर्दिनँ। मैले आफैलाई धेरै दबाब दिएँ। धेरै पटक प्रभावकारी इनिङ्स खेल्दा पनि म आफैलाई श्रेय दिन सक्दिन। त्यसैले बाहिरको कोहीले के भनिरहेका छन् भन्ने कुरामा म खासै वास्ता गर्दिन किनभने यो उनीहरूको विचार हो।’
कोहलीले भने, “जब तपाई आफैं यस्तो अवस्थामा हुनुहुन्छ, तपाईलाई थाहा छ कि कसरी क्रिकेट खेल जित्ने हो। मैले लामो समयदेखि यी सबै गरेको छु। म खेल्दा मेरो टोलीले जित्दैन भन्ने होइन । परिस्थिति अनुसार खेल्न पाउँदा गर्व लाग्छ ।”
कोहलीले बीचको ओभरमा ढिलो खेल्ने गरेको भन्दै आलोचना भइरहेको छ । उनले भने, ‘म आफ्नो टेक्निकलाई सही राख्न चाहन्छु । म फेन्सी शटहरू खेल्नबाट जोगिने छु।’
विराटले भने, ‘म धेरै फेन्सी शट खेल्ने खेलाडी होइन । हामीले बाह्र महिना क्रिकेट खेल्नुपर्छ । म फेन्सी शट खेलेर विकेट गुमाउन चाहन्न। आईपीएलपछि टेस्ट क्रिकेट हुनेछ । मैले मेरो टेक्निकलाई सही राख्नुपर्छ। मैले आफ्नो टोलीका लागि खेल जित्नुपर्छ ।’







डिसी नेपाल








Facebook Comment