सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन : ओली

डिसी नेपाल
६ जेठ २०८० १८:०९
452
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुबर्षिय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा समावेश बिषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे । उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केहि संकेतहरु पनि सन्तोषजनक नरहेको बताए ।

सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई बिकास गर्ने बिषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले बताए । मिठा मिठा शव्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उहाले समाजप्रति गम्भीर नभई कार्यक्रम आएको उल्लेख गरे ।

उहाले अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सबलीकरण गर्ने बिषय समावेश नभएको जिकिर गरे । अहिलको अवस्थामा खर्च घटाउने भनेपनि कसरी घटाउने भन्ने बिषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ ।

उहाले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसदमा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिए । उनले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.