आइपिएल प्लेअफका ३ टोली टुंगिए, बाँकी एक स्थानका लागि तीन टिमको प्रतिस्पर्धा, यस्तो छ समीकरण
Faf Du Plessis captain of Royal Challengers Bangalore during match 31 of the TATA Indian Premier League 2022 (IPL season 15) between the Lucknow Super Giants and the Royal Challengers Bangalore held at the DY Patil Stadium in Mumbai on the 19th April 2022
Photo by Deepak Malik / Sportzpics for IPL
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनमा प्लेअफको दौड अब अन्तिम चरणमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले प्लेअफमा स्थान पक्का गरेका छन् । योसँगै दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद, पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स उपाधिको दौडबाट बाहिरिएका छन् ।
पहिलो स्थानमा रहेको गुजरात टाइटन्स र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सले मे २३ मा आफ्नो पहिलो क्वालिफायर खेल खेल्ने कार्यक्रम रहेको छ भने तेस्रो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सले मे २४ मा हुने एलिमिनेटरका लागि आफ्नो प्रतिद्वन्द्वीसँग खेल्नेछ।
प्लेअफमा चौथो स्थानको टोलीको टुंगो आज हुनेछ । मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स चौथो स्थानका लागि दौडमा छन् । मुम्बई इन्डियन्सले वानखेडे स्टेडियममा सनराइजर्स हैदरावादसँग दिउँसो पौने ४ बजे खेल्ने छ भने रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्ससँग साँझ पौने ८ बजे एम चिन्नास्वामीमा खेल्नेछ ।
यी दुई खेलपछि राजस्थान, मुम्बई र आरसीबीमध्ये कुन टोली प्लेअफमा पुग्छ भन्ने स्पष्ट हुनेछ । यी तीन टोलीबाट प्लेअफमा पुग्ने जो कोहीले एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्ससँग खेल्नेछ। तीनवटै टिम प्लेअफ पुग्न सक्ने सम्भावना छ तर त्यसको लागि आजका खेलमा उनीहरूको आवश्यकता अनुसार नतिजा आउनुपर्नेछ ।
फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबीको १३ खेलमा १४ अंक छ। र उसको नेट रनरेट + ०.१८० छ। प्लेअफमा पुग्न आरसीबीले आज गुजरात टाइटन्सलाई राम्रो अन्तरले जित्नुपर्नेछ। यदि आरसीबी गुजरात टाइटन्ससँग हार्छ भने, यस्तो अवस्थामा, हारको यो अन्तर पाँच रन भन्दा कम होस् भन्ने आशा गर्नुपर्दछ, ताकि उसको नेट-रनरेट राजस्थान भन्दा राम्रो होस् । योसँगै मुम्बई इन्डियन्स सनराइजर्स हैदरावादसँग पराजित भएको हुनुपर्नेछ ।
अंक तालिकामा पाँचौं नम्बरमा रहेको राजस्थान रोयल्सलाई प्लेअफमा पुग्न भाग्यको साथ चाहिन्छ। राजस्थान रोयल्सको १४ खेलमा १४ अंक छ र उसको नेट रनरेट +०.१४८ छ। राजस्थानले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराउने आशा राख्नुपर्नेछ। योसँगै आरसीबीले गुजरातसँग ५ रनभन्दा बढीको अन्तरले हार बेहोरेको हुनुपर्नेछ ।
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स १३ खेलबाट १४ अंकसहित तालिकाको छैटौं स्थानमा छ । मुम्बई इन्डियन्सको नेट रनरेट हाल -०.१२८ छ। प्लेअफमा पुग्न मुम्बईलाई अन्तिम खेल जित्नै पर्ने हुन्छ । यसका साथमा आरसीबीले आफ्नो अन्तिम खेल गुजरात टाइटन्ससँग हारेस् भन्ने प्रार्थना गर्नुपर्छ।
यदि मुम्बई इन्डियन्स र आरसीबी दुवैले जिते भने मुम्बईले त्यो अवस्थामा मात्र प्लेअफमा पुग्न सक्षम हुनेछ यदि उसको जितको अन्तर आरसीबीको जीतको अन्तरभन्दा ८० रनले बढी हुन्छ। मानौं कि आरसीबीले गुजरातलाई १० रनले हरायो भने मुम्बईले सनराइजर्सलाई ९० रनले हराउनुपर्छ । यदि मुम्बई इन्डियन्सले अन्तिम खेल हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।







डिसी नेपाल








Facebook Comment