संसदमा ओलीको प्रश्न- कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?

डिसी नेपाल
७ जेठ २०८० १३:१७
32
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीका बारेमा जानकारी मागेका हुन् ।

‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’, उनले प्रश्न गरे ।

यस्तै उनले सरकारले पेश गरेको नीति तथा कार्यक्रम गन्तब्य विहीन भएको  टिप्पणी गरेका छन् ।  सरकारको नीति तथा कार्यक्रमको आधार स्तम्भ पहिल्याउन नसकेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.