देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

डिसी नेपाल
७ जेठ २०८० १३:४१
36
Shares

देउखुरी। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन्। चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए। उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ। बढ्दो आर्थिक संकट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन।”

राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ। “मुलुकमा आर्थिक मन्दीको अवस्था छ। व्यवसाय ठप्प छ। वित्तीय संकट छ। नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भने। मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.