बागमती प्रदेशमा १० मन्त्रालय, ११ मन्त्री, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

डिसी नेपाल
७ जेठ २०८० १६:२१
212
Shares

मकवानपुर। बागमती प्रदेशको मन्त्रिमण्डलले सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि पूर्णता पाएको छ। दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको मुख्यमन्त्रीसहित ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो।

आइतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन्।

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन्।

हाल प्रदेशमा १० बटा मात्र मन्त्रालय भएकाले उनलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको हो।

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए।

तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो।

मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गरेका थिए। विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए।

यस्तो छ विस्तारित मन्त्रिमण्डल

१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. बहादुर सिं लामा, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

३. गङ्गा नारायण श्रेष्ठ,मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय

५. युवराज दुलाल,मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

६. तीर्थबहादुर लामा,मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय

७. रामकृष्ण चित्रकार, मन्त्री, विना विभागीय

८. डा. राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९. लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय

१०. पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय

११. उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय

१२. मसिना खड्का, मन्त्री, वन तथा वातावरण मन्त्रालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.