नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न सांसद सुवालको माग

डिसी नेपाल
८ जेठ २०८० १२:४८
292
Shares

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्। उनका भनाइको आशय शेरबहादुर देउवा र केपी शर्मा ओलीमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.