आइपिएलबाट बाहिरिएपछि विराट कोहलीले मौनता तोडे, लेखे भावुक पोस्ट

डिसी नेपाल
१० जेठ २०८० १२:००
14.1k
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) आईपीएलबाट बाहिरिएकोमा आफ्नो मौनता तोड्दै विराट कोहलीले भावुक पोस्ट लेखेका छन् । आईपीएलको यो सिजनमा ट्रफी उचाल्न नपाउँदाको पीडा यो पोस्टमा प्रष्ट देखिन्छ ।

सबै प्रयासका बाबजुद टोलीले लिग खेलमा हार बेहोर्नुपरेको थियो र प्लेअफबाट पनि बाहिरिएको थियो।

उनले ट्वीटमा लेखेका छन्, ‘यस सिजनमा यस्ता धेरै पल थिए, जसलाई भुल्न सकिँदैन तर हामीले लक्ष्य गुमायौं । हामी पक्कै निराश छौं तर हामीले आफ्नो शीर उँचो राख्नुपर्छ। म टोलीका वफादार समर्थकहरूप्रति आभारी छु। म मेरो टोलीका प्रशिक्षक, व्यवस्थापन र टोलीका सदस्यहरूलाई धन्यवाद दिन्छु। हाम्रो लक्ष्य अर्को पटक अझ बलियो अवतरण गर्ने हो।’

बेङ्लोरले लिगको अन्तिम खेलमा गुजरातसँग हार बेहोरेको थियो । आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।

आईपीएलको दोस्रो सिजनमा आरसीबी फाइनलमा पुगेको थियो तर हारेको थियो । यसबाहेक आरसीबी २०११ र २०१६ मा पनि फाइनलमा पुगेको थियो । तर टोलीले उपाधि जित्न सकेन । २००९ मा आरसीबी डेक्कन चार्जर्ससँग पराजित भयो, २०११ मा विराटको टोली चेन्नई सुपर किंग्ससँग पराजित भयो। २०१६ मा आरसीबी फाइनलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो।

यो वर्ष फेरि कोहली नयाँ जोशका साथ खेलिरहेका छन् । उनले ६०० भन्दा बढी रन मात्र बनाएनन्, कप्तान डु प्लेसिसले पनि उनलाई साथ दिए र प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रन बनाए ।

म्याक्सवेलले पनि टोलीलाई सपोर्ट गरिरहेका थिए र टोलीको बलिङ पनि राम्रो हुँदै गइरहेको थियो । आइपिएल को अर्को राउन्डमा पुग्न आरसीबीलाई जित चाहिएको थियो र गुजरात टाइटन्सको टोली अगाडि थियो। कोहलीले यो खेलमा शतकीय पारी खेले। पहिलो हाफपछि आरसीबीमा जितको उत्साह थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.