छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट

डिसी नेपाल
११ जेठ २०८० ९:४३
284
Shares

काठमाडौँ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिले हकप्रद सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस विषयमा दुवै पक्षबीच सम्झौता पनि भएको छ।

कम्पनीको गत वैशाख २८ गते सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *