प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
११ जेठ २०८० १३:५८
92
Shares

काठमाडौँ। प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ।  यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो।

तर, संस्थापक सेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक सेयर बिक्री खुला गरेको हो। इच्छुक लगानीर्ताले १५ दिनभित्र संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

बिक्री गर्ने संस्थापक सेयरधनी नाम र बिक्री मूल्यका सम्बन्धमा काठमाडौँको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयस्थित कम्पनी सचिवको कार्यालय सम्पर्क गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *