रोष्ट्रम घेर्दै एमाले सांसदको संसदमा नाराबाजी

डिसी नेपाल
१२ जेठ २०८० १२:५०
856
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक नाराबाजी गरिहरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरु अहिले रोष्ट्रम घेरेर नाराबाजी गरिरहेका छन्।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका हुन्।

सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए। उनीहरुले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए। सोही बेला माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरिरहेका हुन्।

सभामुख घिमिरेले पटक पटक बैठक चल्ने वातावरण बनाउन यथास्थानमा गएर आसन ग्रहण गर्न आग्रह गरिरहेका छन्। तर, एमालेका सांसदले मानेका छैनन्। त्यसपछि सभामुखले बैठक २० मिनेटसम्मका लागि स्थगित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.