पुलिसले खुमलटारलाई पराजित गर्‍यो

डिसी नेपाल
१२ जेठ २०८० १६:५७
264
Shares

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जीत हासिल गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलका पुलिसका भरत शाहले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए भने मोहमद आसिफले ८८ औं मिनेट गोल गरेका थिए । जितसंगै पुलिसले २१ खेलमा २८ अंक जोडेको छ । समान खेल खेलेको खुमलटारको २१ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.