नवीन उल हकले कान बन्द गर्दा सुनिल गावस्करलाई किन निशाना बनाइयो ?
काठमाडौं । हरेक क्रिकेट खेलाडीको खुसी मनाउने आफ्नै तरिका हुन्छ। शतक बनाएपछि कोही आकाशतिर हेर्छन् भने कोही विकेट लिएपछि विशेष प्रतिक्रिया दिएर खुशी व्यक्त गर्छन् ।
मुम्बई इन्डियन्ससँग पराजित भएपछि लखनउ सुपर जायन्ट्स प्रतियोगिताबाट बाहिरिएको छ । तर खेलमा उनको प्रदर्शनका कारण लखनउ टोलीका बलर नवीन उल हकलाई फ्यानहरुले निकै रुचाएका थिए ।
नवीनले चार ओभरमा ३८ रन दिएर चार विकेट लिए । नवीनले रोहित शर्मा, सूर्य कुमार यादव, तिलक वर्मा र क्यामरुन ग्रीनको विकेट लिए । ग्रीनको विकेट लिएपछि नवीनले दुवै कान औँलाले बन्द गरेर खुसी मनाएको देखियो ।
त्यसपछि कमेन्ट्री गरिरहेका सुनिल गावस्करले यसो भन्दै गरेको सुनियो– ‘मैले खुसी मनाउने यो तरिका बुझ्न सकिन । म यसको बारेमा पछि कुरा गर्नेछु।’
गत वर्ष केएल राहुलले पनि मैदानमा यस्तै गरी आफ्नो खुसी व्यक्त गरेको देखिएका थिए । त्यसबेला केएल राहुल पनि लखनउको टिमबाट खेल्दै थिए ।
यस्तो अवस्थामा जब नवीनले मुम्बई विरुद्ध महत्वपूर्ण विकेट लिए, तब कानमा औंला राखेको देखियो । त्यसपछि केही क्रिकेट फ्यानहरूले खेलमा टिप्पणी गरिरहेका सुनील गावस्करले भनेका कुरा मन पराएनन्।
केही सञ्चारमाध्यमको दाबीका अनुसार सुनील गावस्करले टिप्पणी गर्दै भने, ‘नवीनलाई भीडसँग समस्या भइरहेको छ। यसरी कान बन्द गरेर खुसी मनाउनु हुँदैन। यो समय हो जब तपाईले विकेट लिनुभयो तब तपाईले आफ्नो प्रशंसा सुन्नु पर्छ। कसैले शतक प्रहार गर्दा पनि कान बन्द नगर्नुहोस्। प्रशंसा सुन्नुहोस्। कान पछाडी हात राखेर भन्नुहोस्- हेल्लो, म सुन्छु।’
सुनील गावस्करको यो कमेन्टलाई लिएर केहीले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । साद भट्ट नामका एक प्रयोगकर्ताले लेखेका छन्– सुनील गावस्करले चुप लाग्नुपर्छ । उनले नवीनको खुसी मनाउने तरिकाबारे के भनेका थिए त्यो अर्थहीन छ।
वाईआर पटेलले ट्वीट गरे- गावस्कर पहिले कोहली, कोहली कराउने मानिसहरूमाथि बोल्दै थिए, अब उनी नवीनको उत्सवमा बोलिरहेका छन्।
निर्मलले लेखेका छन्, ‘नवीनले कसरी मनाउने भन्ने कुरा सुनिल गावस्करलाई भन्ने अधिकार छैन। भीडले नवीनलाई कहिल्यै राम्रो भनेको छैन। उनले आफ्नै तरिकाले जवाफ दिन्छन् ।
नवीन उल हकले आफ्नो कान बन्द गरेको तस्बिर पनि सेयर गर्दै लेखेका छन्, ‘यहाँ भन्नको लागि धेरै छ तर अहिलेको लागि म सबैलाई धन्यवाद दिन्छु। यस यात्रामा मलाई साथ दिनुहुने प्रशिक्षक, व्यवस्थापन र सबैलाई धन्यवाद।’







डिसी नेपाल








Facebook Comment