आइपीएल फाइनलपछि टिम र खेलाडीमाथि पैसाको वर्षा हुने, कसले कति पाउँछन् ?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अब आफ्नो समापनतर्फ अघि बढेको छ । फाइनल खेल आइतबार (मे २८) मा चार पटकको विजेता चेन्नई सुपर किंग्स र डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सबीच हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने आईपीएल फाइनलमा विश्वभरका क्रिकेट फ्यानहरूको नजर छ। यो फाइनल खेल पछि पुरस्कारको वर्षा हुनेछ।
आईपीएल च्याम्पियन हुने टोलीले २० करोड रुपैयाँ पाउने छ भने फाइनलमा पराजित हुने टोलीले पनि १३ करोड रुपैयाँ पाउनेछ । जबकि तेस्रो नम्बरमा रहेको टोली मुम्बई इन्डियन्स र चौथो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सले पनि ठूलो रकम पाउने छन् । यस बाहेक अन्य पुरस्कार पनि प्रदान गरिने छ ।
विजेता टोलीले २० करोड पाउनेछ भने उपविजेताले १३ करोड पाउनेछ । तेस्रो स्थानको टोली मुम्बई इन्डियन्सले ७ करोड, चौथो स्थानको टोली लखनऊ सुपरजायन्ट्सले ६.५ करोड पाउनेछ । यस्तै इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टले २० लाख रुपैयाँ, सिजनको सुपर स्ट्राइकरले १५ लाख, सबैभन्दा धेरै रन बनाएर ओरेन्ज क्याप जित्नेले १५ लाख, सबैभन्दा धेरै विकेट लिएर पर्पल क्याप जित्नेले १५ लाख, सिजनको सबैभन्दा मूल्यवान खेलाडीले १२ लाख, सबैभन्दा धेरै छक्का हान्नेले १२ लाख र गेम चेन्जर अफ द सिजनले १२ लाख पाउनेछन् ।
आईपीएल २०२३ मा प्लेअफ सहित कुल 74 खेलहरू आयोजना गरिएको छ। यस अवधिमा लिग चरणमा कुल ७० खेल खेलिएका थिए जसमा १८ डबल हेडर थिए । यसपटक गुवाहाटी, धर्मशालाले पनि आईपीएल खेल आयोजना गर्ने मौका पाए । धर्मशाला पञ्जाब किंग्स र गुवाहाटी राजस्थान रोयल्सको घरेलु मैदान थियो। यस बाहेक अहमदाबाद, मोहाली, लखनउ, हैदरावाद, बैंगलोर, चेन्नई, दिल्ली, कोलकाता, जयपुर, मुम्बईमा पनि खेल खेलिएको छ ।







डिसी नेपाल








Facebook Comment