नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न सकेनः रवि लामिछाने

डिसी नेपाल
१३ जेठ २०८० १६:१६
372
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन्।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरु भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन्।

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफुहरुले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे।

प्रहरीले वयान लिन सम्म डराएका व्यक्तिहरुमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ । उनले नेपाली जनताले आफुहरुलाई नाच्न गाउन नभई भ्रष्टहरुलाई समात्न संसदमा पठाएको उल्लेख गरे। कुनै पनि भ्रष्टहरुको बिषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दाबी गरे।

उनले भ्रष्टाचारको जरो नओखलेसम्म बिश्राम नलिने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.