सनराइज बैंकले डाक्यो साधारण सभा, मर्जर सम्बन्धि प्रस्ताव पेश गर्दै

डिसी नेपाल
१४ जेठ २०८० ९:५६
556
Shares

काठमाडौँ। सनराइज बैंकले मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि असार ३ गते वार्षिक साधारण सभा डाकेको छ। बैंकको साधारण सभा आम्रपालि ब्यांकेट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ। मर्जर प्रयोजनका लागि मुल्यांकनकर्ताले तयार गरेको बैंकको चल/अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ। जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन  सक्नेछन्। दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ।

यस्तै, अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *