रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

डिसी नेपाल
१४ जेठ २०८० १०:५६
212
Shares

काठमाडौँ। नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज (आइतबार, जेठ १४ गते)अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ। यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्।

यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

योमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन्। यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *