तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
आइतबारको कारोबारमा युनिलिभर नेपाल, युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीनवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
युनिलिभर नेपालको सेयर भाउ ३ हजार ७९ रुपैयाँले बढेर ३३ हजार ८ सय ६९ रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सको सेयर भाउ ३५ रुपैयाँ ८० पैसाले बढेर ३ सय ९३ रुपैयाँ ८० पैसा र आत्मनिर्भर लघुवित्तको सेयर भाउ १ सय ५० रुपैयाँ ३० पैसाले बढेर १ हजार ६ सय ५३ रुपैयाँ ३० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment