रौतहटमा हत्या श्रृंखला : शान्ति सुरक्षा कायम गर्न प्रभु साहको माग

डिसी नेपाल
१४ जेठ २०८० १४:३३
72
Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहत सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमै देवाही गोनाही नगरपालिका करुनियाका शेखÞ तैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

शान्ति सुरक्षाको माग गर्दै उनले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न पनि माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.