१७.३८ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१४ जेठ २०८० १५:११
148
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ३६९.४२ विन्दुमा पुगेको छ।

नेप्सेमा कूल २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनिराताम्मे देखिएको छ। आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेर राताम्मे भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज २१ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल दूरसंचार कम्पनी र सोल्टी होटलको कारोबार भएको छ।

युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको सेयर भाउमा १० प्रतिशतले बढेको छ।  यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने हिमालयन उर्जा विकास र न्यादी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *