१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

डिसी नेपाल
१५ जेठ २०८० ६:२२
52
Shares

काठमाडौं। आज जेठ १५ गते। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिन अर्थात् गणतन्त्र दिवस।

निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिन। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याइएको गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्‍याे।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.