राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

डिसी नेपाल
१५ जेठ २०८० १६:५१

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक चूनौतिलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट केन्द्रीत रहेको बताएका छन्।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्नका लागि बजेट केन्द्रीत रहेको बताए।

उनले मुलुकको आर्थिक अवस्थालाई सहज अवस्थामा ल्याउनका लागि सवैको सहकार्य आवश्यक रहेको धारणा राखे । मन्त्री महतले आगामी बजेटको कार्यान्वयनमा बिशेष जोड दिने र यसका लागि नियमित अनुगमन गर्ने जानकारी दिए ।

उनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने, चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिए।

त्यस्तै उनले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको बताए। मन्त्री महतले तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने जानकारी दिए।

चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यको तुलनामा ८४ प्रतिशत ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *