यस्ताे छ तरकारीको आजको मूल्य : सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी

डिसी नेपाल
१९ जेठ २०८० ९:१९
292
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ।

सार्बजिनक मूल्यसूची अनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगाे सकुेको खुर्सानी ४६५ रुपैयाँ कायम भएको छ। त्यस्तै, किवि र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा (लोकल) १८ रुपैयाँ ४० पैसा रहेको छ।

यस्तै, सानो गोलभेडा (टनेल), तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ, गाजर (लोकल), हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौल ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेकाे छ भने पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदीना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकुन्दर, ग्याठ कोबी, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *