समीट लघुवित्तको सेयरमा मूल्य समायोजन, कति पुग्यो भाउ?

डिसी नेपाल
२२ जेठ २०८० ११:३७
84
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले संस्थाको १३.५६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि बैंकको सेयर मूल्य ८१९ रुपैयाँ ९९ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा संस्थाको सेयर मूल्य समायोजन भएको थियो । अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज संस्थाको सेयर कारोबार खुल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *