भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

डिसी नेपाल
२२ जेठ २०८० १२:५२
180
Shares

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षी मोदीलाई नेपालको भ्रमणको निम्तो दिएको जानकारी दिए।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमणको स्मरण गर्दै मोदीले नेपाल भ्रमण गर्ने बताएका उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.