भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो : प्रधानमन्त्री

डिसी नेपाल
२४ जेठ २०८० १२:५९
100
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै रहेको बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संयोग मात्रै परेकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताए।

नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा नरहेको भन्दै उनले उक्त विधेयक प्रमाणीकरण नगर्दा गलत नजिर पनि रहन सक्ने भएकाले पनि राष्ट्रपतिलाई सुझाव दिइएको हो।

उक्त विधेयक प्रमाणीकरण नगर्दा पछि पनि राष्ट्रपतिले संसदले पारित गरेर पठाएका विधेयक प्रमाणीकरण नगर्ने अवस्था आउने सक्नेतर्फ ध्यान दिएको भन्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए । तर, यसबारे अदालतमा रिट परेको र अदालतबाट हुने फैसलालाई सम्मान गरिने प्रधानमन्त्रीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.