विश्व टेस्ट च्याम्पियनसिपको फाइनल सुरु, भारतले टस जितेर पहिले बलिङ गर्ने

डिसी नेपाल
२४ जेठ २०८० १४:५८
1.7k
Shares

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल भारत र अष्ट्रेलियाबीच इंग्ल्याण्डको ओभल मैदानमा हुँदैछ ।

भारतका कप्तान रोहित शर्माले खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । भारतीय टोलीले चार फास्ट बलरलाई खेलाएको छ । आर अश्विनले टोलीमा स्थान पाएका छैनन् । रविन्द्र जडेजा मात्र स्पिनर हुन् ।

यस वर्षको सुरुमा भारत र अष्ट्रेलियाबीच टेस्ट सिरिज खेलिएको थियो । यो सिरिजमा भारतीय टोली २–१ ले विजयी भएको थियो । टेस्ट वरियतामा भारतीय टोली पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

भारतीय टोली लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । दुई वर्षअघि न्युजिल्यान्डले फाइनलमा भारतीय टोलीलाई हराएको थियो।

भारतीय कप्तान रोहित शर्माको यो पचासौं टेस्ट खेल हो ।

यद्यपि यो खेल इंग्ल्यान्डमा खेलिँदै छ । तर, भारतीय टोलीलाई फ्यानबाट राम्रो समर्थन मिलिरहेको छ । केही समयअघि भारतीय टोली ओभल मैदानमा पुग्दा समर्थकले खेलाडीलाई उत्साहपूर्वक स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.