प्रधानमन्त्री दाहालसँग देउवा सशंकित, बस्नै छाड्यो गठबन्धनको बैठक
काठमाडौं। एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेर ‘कम्फर्टेवल फिल’ गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादु देउवाबीचको सम्बन्धमा ‘दरार’ आएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि देउवा दाहालसँग सशंकित बनेको स्रोतले जनाएको छ।
सो प्रकरणमा पार्टीका सिनियर नेता मुछिएपछि सभापति देउवा, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार भेट भएको थियो। प्रमुख तीन दलका शीर्ष नेताबीच भेट भएपनि त्यसपछि भने गठबन्धनको बैठक बस्न सकेको छैन।
कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपी बसन्त कुँवरलाईसमेत बाइपास गरेर एआईजी श्याम ज्ञवालीमार्फत अनुसन्धान अगाडि बढाएको भन्दै सभापति देउवा दाहालसँग रुष्ट छन्। उनी यो प्रकरणमा पार्टीका अन्य नेता पक्राउ नपरुन् भन्नेमासमेत सचेत देखिएका छन्।
कुँवरलाई देउवाकै दबावमा आईजीपी नियुक्त गरिएको थियो। प्रधानमन्त्री दाहालले भने श्याम ज्ञवालीलाई आईजीपी बनाउन चाहेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व एआईजी ज्ञवालीले नै गरेका थिए।
ज्ञवालीले नै नेता खाँणलाई पक्राउ गरेको बुझाइ देउवाको छ। यो बीचमा ज्ञवालीलाई हटाउन देउवाले प्रधानमन्त्री दाहाललाई दबाव दिएको समाचारसमेत बाहिरिएको थियो।
‘आफैं सरकारमा हुँदासमेत आफ्नै नेता तथा पूर्वगृहमन्त्री पक्राउ पर्नु दुर्भाग्यपूर्ण अवस्था हो भन्ने सभापतिजीको बुझाइ छ,’ देउवा निकट एक नेताले भने, ‘कतै सस्तो लोकप्रियताका लागि दाहालजीले कांग्रेसका अन्य नेतालाई समेत पक्राउ गरेर जनतामा काम गरिरहेको छु भन्ने देखाउन खोज्नु भएको त छैन भन्ने आशंका उहाँमा देखिन्छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तले प्रहरीसँगको बयानमा आरजू देउवाको पनि नाम लिएका कारण देउवाको तनाव बढेको हो। देउवाको कानुनी सल्लाहकारले उक्त बयान आरजूमाथि मुद्दा चलाउन प्रयाप्त हुने बताएपछि देउवा बेचैन बनेका छन्। कतै आरजू पनि यो प्रकरणमा मुछिने त होइनन् भन्नेमा देउवा सचेत देखिन्छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तले प्रहरीसँगको बयानमा आरजू देउवाको पनि नाम लिएका कारण देउवाको तनाव बढेको हो। देउवाको कानुनी सल्लाहकारले उक्त बयान आरजूमाथि मुद्दा चलाउन प्रयाप्त हुने बताएपछि देउवा बेचैन बनेका छन्। कतै आरजू पनि यो प्रकरणमा मुछिने त होइनन् भन्नेमा देउवा सचेत देखिन्छन्।
कांग्रेसभित्र सरकारबाट बाहिरिनु पर्ने आवाज पनि बलियो बन्दै गएको छ। तर अहिलेकै अवस्थामा सरकारबाट बाहिरिँदा जनतामा गलत सन्देश जाने भन्दै देउवा केही समय कुर्ने पक्षमा छन्।
स्रोतका अनुसार देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट आदेश भइसकेपछि र संसदबाट बजेट पारित भइसकेपछि सरकारका विषयमा निर्णय लिने सोच बनाएका छन्।







डिसी नेपाल








Facebook Comment