विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारत र अष्ट्रेलियाका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन्

डिसी नेपाल
२५ जेठ २०८० १२:४१
6.9k
Shares

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल भारत र अष्ट्रेलियाबीच इंग्ल्याण्डको ओभल मैदानमा भइरहेको छ । यस खेलमा भारत र अष्ट्रेलियाका खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका छन् ।

यस मार्फत खेलाडीहरूले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा मारिएका मानिसहरूलाई शोक प्रकट गरिरहेका छन्। गत शुक्रबार बालासोरमा भएको रेल दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको थियो । यस दुर्घटनामा एक हजारभन्दा बढी घाइते भएका छन् ।

दुईवटा यात्रुवाहक रेल र एउटा मालगाडी दुर्घटनामा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.