राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

डिसी नेपाल
२६ जेठ २०८० ७:०३
168
Shares

काठमाडौं। राप्रपा नेपालका जनबर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ।

दिउँसो २:०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए।

नेपाली भूमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.