यस्ताे छ विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ बढ्याे

डिसी नेपाल
२६ जेठ २०८० ८:०२
508
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको थियो।

उता, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ४३ पैसा र बिक्री दर १४२ रूपैयाँ ०८ पैसा रहेको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८ पैसाका साथै क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १९ पैसा रहेको छ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *