आजको तरकारी तथा फलफूलको मूल्य : मालदह आँप ८० र दशहरी १०० रुपैयाँ
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १६० रुपैयाँ, कुरीलो प्रतिकेजी १८० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ६० रुपैयाँ,आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ भने आँप मालदह ८० रुपैयाँ, आँप दशहरी १०० रुपैयाँमा पर्नेछ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग ११०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १०० रुपैयाँ,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ।
यस्तै,टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, लोकल परवर, भेडे खुर्सानी र घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, फर्सी ४५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसामा काराेबार भइरहेकाे छ भने भिण्डी, हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, पालूगो, चमसूर र मेथीको साग ११६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, कुरीलो १९३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ तोकिएको छ।







डिसी नेपाल







Facebook Comment