आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै

डिसी नेपाल
२६ जेठ २०८० १०:४०
164
Shares

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। साथै सर्वसाधारणको लागि कम्पनीले असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।

जारी हुने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता सेयर बिक्री खुला गर्नेछ। त्यसपछि कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ।  यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारण दुवैले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्।

यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओमा लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन पाउने छन्।  तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *