बजेटले आर्थिक संकटलाई सामना गर्न सक्दैनः राप्रपा

डिसी नेपाल
२६ जेठ २०८० १७:३७
48
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको छ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले बजेटले जनताको आशा जगाउन नसकेको र आर्थिक संकटलाई सामना गर्न नसक्ने निष्कर्ष निकालेको हो।

लक्ष्य अनुसारको राजस्व र अनुदान उठ्न नसक्ने र प्राप्त राजस्व र अनुदान समेत खर्च हुन नसक्ने बजेटले भविष्यमा नकारात्मक असर गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। उनले नागरिकता विधेयकलाई पनि संसदमा नल्याई सिधै प्रमाणीकरण गर्ने प्रक्रिया गलत भएको निष्कर्ष रहेको जानकारी दिए।

बैठकले निष्कृय र प्रभावहिन रहेका र अत्यन्तै विवादास्पद रहेका जिल्ला कार्यसमितिलाई विधान बमोजिम खारेज गर्ने निर्णय गरेको छ भने केन्द्रीय नेताहरुलाई तत्कालै भुगोल केन्द्रीत जिम्मेवारीमा पठाउने निर्णय अनुसार कार्यबिभाज गर्ने काम ७ दिन भित्र गर्ने निर्णय गरिएको लिङ्देनले बताए।

बैठकलले राप्रपाका मुद्धा स्थापीत गर्नका लागि र जनजिविकाका बिषमया सरकारको ध्यानाकर्षित गर्नका लागि शान्तिपूर्ण नागरिक आन्दोलन अघि बढाउने र कार्ययोजना बनाउन गठित कार्यदलको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.